चितवनमा एलपी ग्यास बोकेको ट्यांकर पल्टिदा एकको मृत्यु
चितवन | चैत २०, २०७९
चितवन : एलपी ग्यास बोकेको ट्याङकर पल्टिदा एकजनाको मृत्यु भएको छ ।
आफै अनियन्त्रित भइ ट्यांकर पल्टिदा एकजनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।
बिहान ६ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्गको लेवटारमा मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डीटी ६०५५ नम्बरको भारतीय ट्याङकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।
घाइतेको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको चितवन प्रहरीका प्रवक्ता डीएसपी बिजय पन्डितले बताए ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

